गन्ती मात्रको मान्छेहरु

September 1, 2009 by admin  
Filed under 7. Individual, Mani Bangdel, Nepali

लाली गुराँस र चाँपहरुको
बस्ती त्यो चुचुरा
मुस्काएका छन
लालुपाते पाखाभरी
कुमारी बक्षस्थल झै
चुरे पहाड चिरेर
बगेका छन झरनाहरु
इन्द्रेनी पारेर ।
फर्सी कान्क्रा अनी
सर्सिउ फुलेर
अन्तिम प्रहरको
किरण जस्तो
पंहेल्पुर गाउँबेसी
नुनियां झुलेर
समतल छन तराइ
कस्तो मनोरम छन
प्रकृतिको सिर्जना
तर हेरौ कसरी
यो सुन्दरता ?
जन्मिदै अन्धकारमा
बन्दी छन ज्योतिहरु ।
बिप्लाटेको मोहोदा हुँदै
जस्बिरे नाघेसी
माइपोखरिको पाखामा
फलेको ऐंसेलुको फुली
तिपेर तिर्खा मेटाउदै
रात्माटे उकालिन्दा
माबुको थाप्लो बाट
क्षितिजको छिडिमा
प्रभातले घाम
जन्माएको देखिने
प्रकृतिको अर्को सिर्जना
तर त्यहां सम्म
जाउँ कसरी ?
उकाली अोराली
धाउँ कसरी ?
गर्वसयमै सातिएका छन
बैशाखी सँग पाउहरु ।
चैत मासको खदेरिमा
मनोकामनाको थुम्किमा बसेर
मर्स्यान्दी बगेको हेर्दै
साँगुरि बनको थुरमा
बिउ छर चरा
रोएको सुन्दा
बिरहमा चुर्लुम्म डुबेर
कन्दरा थर्काउन
मन लाग्छ
तर कस्तो भाकाले
कुन तालमा ?
न्वारान्को साइतमै
सुन्यताले चोरीदिएछ
सबै लैबरीका सुरहरु ।
लाचार अती लाचार,
यिनिहरुलाई देखेर
म पनि लाचार बन्छु
मस्तिस्क दुख्छ
चर्किने गरी
आफ्नै प्रश्नहरुले
गम्छु निधार गाठो पारेर
अचानक एक दुई वाक्यहरु
फुत्त फुत्त निस्किन्छन
मेरो ओठ खोलेर
अनी टाढिन्छ
ध्वनी बनेर
शायद
भगवानले भाङ खाएर
निरुदेस्य निर्माण
गरेका हुन
यि गन्ती
मात्रको मान्छे हरु ।

युरोपेली पर्यटकसँग - अनुज श्रेष्ठ ‘ प्रवास ‘ , यूएई

September 1, 2009 by admin  
Filed under 7. Individual, Nepali

महाशय !
यो पेटी भिकारीहरुका लागि हो
र , यो सडक धनी र मन्त्रिका गाडीहरु
कुद् नका लागि बनाईएको हो
मौरी जस्ता यी कर्मशील मान्छेहरु
घाम नछिर्ने गल्लीहरु भित्र बस्छन्
र भोक नदेखिने वस्तीहरु भित्र हराउँछन्
महाशय !
तपाईंले देखिरहनु भएको
यी अग्ला भवनहरु
मात्र जुवाघर हुन् ,नाईट्क्लबहरु हुन्
यहाँबाट देश कहिले चिहाउँन सकेन कोही
तपाईंहरु सँग विकासका हिम शिखरहरु छन्
र , हामी सँग विकट हिम चुचुराहरु मात्र छन्
महाशय !
तपाईंका दयाहरुले , मायाहरुले
हाम्रो तस्विर कहिल्यै फेरिएन
तस्विर फेर्नेहरु उही भए पछि
कसरी फेरियोस् दृष्य ?
टिनका बाकसमा लाहूरेले
दुईचार जोर लुगाफाटो र दुईचार हजार
बोकेर ल्याउँदैमा फूलमायाको घर फेरिदैन
न त अरबमा पसिनाको असार रोप्नेहरुले
फेर्न सक्छन् यो घर !
यो घर फेर्न इमान्दार कर्मीहरु चाहिन्छ
संकल्प चाहिन्छ
इँट्टा बनाउँने चाहिन्छ ,
इँट्टा फुटाउँनेहरुले कसरी बनाउँछन् घर?
लखनको ढोका नभएको घर हो यो देश
जो पनि पस्न सक्ने , बस्न सक्ने
र चुस्न सक्ने -
ढोका बनाउँनु छ जसरी पनि
महाशय !
वर्तमानमा बाँच्नेहरुलाई
इतिहासले मात्र कसरी खान दिन्छ ?
जिर्ण बन्दैछन् मल्लकालिन दरबारहरु र मन्दिरहरु
त्यही तल बसेर युवक
पिउँछ तिम्रो सभ्यताको धूँवा
किशोरहरु अध्ययन गर्दैछन् बन्दकोठा भित्र
तिम्रो देशका अश्लिल सिनेमाहरु
हामीले सिकेका सभ्यताहरु
यहाँ भन्दा पर छैनन्
खान सिक्यौं , लाउन सिक्यौं
तर आँफै बनाउँन सिकेनौं
भ्यालेन्टाईन् डे याद छ
तर आफ्नै आमाको जन्मदिन भुल्छौं
महाशय !
अब हामीले तयार गर्नु छ
एकदमै सुपर हिट हाम्रो लोक गीत
त्यसपछि बल्ल नाँच्नेछन्
रोपाहाहरु, जोताहाहरु
सुतुवाहरु , मुतुवाहरु
भुकुवाहरु…
छिट्टै तयार पार्नु छ
त्यो हाम्रो गीत -
हाम्रो संविधान ,
महाशय !
भिजीट नेपाल २०११ मा
पून स्वागत गरौंला
नयाँ संविधान सँगै
अहिलेलाई बिदा !
गुड वाई !!

”देउरालीमा फूल साट्ने बैशहरुले पर्खि रहेछ ”

July 21, 2009 by admin  
Filed under 1. Poetry, Nepali

परदेशिएर तन टाडिए पनि
अाकाशिएर इछ्याहरु बेलगाम भएपनी
बाध्यताको कठोर मरुभूमिमा
बालुवाको कणहरुसङै
मनका त्रिष्णाहरु उडाएर
म फगत ,निरश जीवन
बांची रहेछु कुनै अर्को भूगोलमा।
मलाई मीठो झरनाको पानीको
प्यासले ब्याकुल बनाइरहेछ
ति थुम्का,थुम्की डाँडाहरुले
बोलाइरहेछ,
देउरालीमा फूल साट्न पर्खने
बैंशहरुले पर्खिरहेछ ,
त र…. म भने निर्जन मरुभूमिमा
म्रिगत्रिष्णा बोकेर छट्पटिरहेछु
आफ्नी जननीको काखको
न्यानोपनको आभाष सम्झेर ,
त्यसैले… म,
प्रतिक्षारत छु त्यो अङेना,चुल्होको
डीलमा बसेर आफ्नी हजुरआमाको
पुरानो दन्त्यकथा सुन्न,
अनी….. बुढा हजुरबुवाको
थलिएका गोडा मिच्न
जस्लाई….. मैले बैशाखी बनेर
साहारा दिनु पर्छ
जस्को निरीह अधरहरुमा
मुस्कान फुलाउनु पर्छ ,
म परदेशिए पनि ।
हो… म चांडै फर्किनु पर्छ ,
मैले आफ्नै आङनमा रमाउनु पर्छ
मैले त्यही भीर,पहरा,कन्दराको
नागबेली लहरा सँगै बेह्रिनु पर्छ ,
यो उराठ शहरको भोगाइमा भन्दा
मेरै डाँडा,काँडामा सहज मान्नु पर्छ ,
हो म फर्कनै पर्छ ।

(समर्पित उनिहरुमा जो निर्जन मरुभूमिमा बाँच्न बिवस छन )
आचार्य प्रभा

यो शहरमा मेरो काम छैन

February 28, 2009 by admin  
Filed under 1. Poetry, 7. Individual, Madhu Madhurya, Nepali

यो शहरमा मेरो काम छैन
- मधु माधुर्य
(मास्‍को ,रसिया) Read more

सडक नै कारगार भएको छ

February 7, 2009 by admin  
Filed under 1. Poetry, Nepali

;8s g} sf/fuf/ ePsf] 5

c>’ l;Gw’nLo

!= ‰ofpFls/L s/fP/ /ftdf

rGb|dfnfO{ lh:SofO/x]sf 5g\ .

cfsfz uËfdf cfhdfq} /s]6 k;]5

dfG5]x¿ gfË} v’§f cfsfzdf bf}l8/x]sf 5g\

lxdfn kUnFbf] 5, k|zfGt dxf;fu/ km}nFbf] 5

l;n dl//x]sf]df 7″nf] sf]nfxn 5

k|To]s lbg, k|To]s l5g 3/3/af6 dfG5] y’t]/

dfl/Fbf 5g\, t/ Tof] df}gtfsf] ljifo ag]sf] 5 .

dfG5] ef]s}5g\, dfG5] /f]uL 5g\, dfG5]n] dfG5] dfl//x]sf 5g\

lxpF kUn]sf] 5, ‰ofpFls/L clxn] clncln bofn’ ePsf 5g\

Eofu’tf ;8sdf 5g\ / ;8s ndtGg ;’lt/x]sf] 5 .

@= /f]hL /f]hL kb 5fGb}5g\

/f]hL /f]hL sf/fuf/sf sf]7fx¿ 5fGg’ kg]{ lyof] xf]nf .

sf/fu/ vfln ug’{ k/]sf] 5 .

;8sdf ck/fwLx¿ 5tf5′Nn kf]lvPsf 5g\

sf/fuf/ ;8sh:t} ePsf] 5

af6f] v’Nnf 5 sf/fuf/;Ddsf] af6f] kftnf] ePsf] 5

;a} ;8sdf 3′ld/x]sf 5g\ , ;8s g} sf/fuf/ ePsf] 5 .

#= ;+:d/0f kftnf] kftnf] kf/bzL{ 5

la;{g’ h?/L 5

j~rgd\ rfkdfgd\ r dltdfGgk|sfzo]t\======

s’/f] vf]Ng’ h?/L 5}g

;Demgf kftnf] geP t la;{g’ s;/L / <

$= ;lk08Ldf df/fdf/ 5, sf6fsf6 5, xfgfxfg 5

hf];Fu ljrf/df k|lt:kwf{ x’g'kg]{ xf]

tL unf ldn]sf 5g\ cfuf] / v/fgLh:t}

v/fgL clGtd ljGb’ xf], hxfF cfuf] n’s]/ a:5

w’j}F w’jfF cfpF5, t/ v/fgL leq cfuf] n’s]/ a:5

w’jfF cfpF5 t/ v/fgLleq cfuf] n’s]/ a:5

hLjg t v/fgL x’g] xf], To;}n] hLjgleq klg

cfuf] n’s]/ a;]sf] 5, tfs x]b}F5 w’jfF cfpg

clnslt k]6«f]n , clnslt d§Lt]n

sf]Onf, ‰jf/{ ‰jf/{ hLjgsf] cfuf] aNg yfN5

cflv/ x’g] t v/fgL g xf] .

%= lgik§ /ftdf h’gls/L l6lds l6lds 6NsFbf

cfzfsf] ulx/f] e’d/Ldf dL7f] af;gf;lxt

hLjg afFRg /x/ hfu]sf] a]nfdf

lgik§ /ft cfkmF} pHofnf] x’Fb}x’Fb}

cfsfzuËf h:t} lgd{n / tftf] tftf] af6f]

5n{Ë nfvfF} jif{;Dd pHofn]fdfq}

hLjg nfvfF}jif{;Dd cgj/t cgj/t ;Gtltx¿dfkm{t\

cfzfsf bLkx¿ afNb}

lgik§ lg/fzfdf cfzfsf] lbof] afNb} emndNn

hLjg afFRg]x¿sf] hLjg slt df]xs 5 <

vf]O, lgik§/ftdf h”gsf] 6xs ;]nfof]

cfF}zLsf] /ftdf 6xs x/fPh:t]f eP klg

st} g st} ;’b”/ 38Ldf h”gx¿sf ;fy

cfzfsf] TofGb|f] af]s]/ hLjg afFlr/x]sf] b]lvG5 .

^= cf]afdf , gl;b d]/f cfzfsf k|tLsx¿

cfsfzdf stfstf x/fPsf tf/fx¿

d}n] ev{/}dfq cg’;Gwfg u/]/ km]nfkf/]F

Pp6f ;d’b|df x/fPsf] l;kL xf]

csf]{ kftfndf e]l6Psf] sf]Onfsf] xL/f xf]

ulx/f] ;d’b|df gl;b st} l;kLh:t} st} zLt yfk]/ st} a;]sf] lyof]

hLjgnfO{ ;+3if{df xf]d]/ ;d’b|df hLjg xf]d]/ ;f/f

hLjgnfO{ ;+3if{df xf]d]/

cf]afdf sfnf] sf]Onf vfgLdf st} x/fPsf] lyof] slxnf] l;sfuf] / lxGbrLgdf n’sfdf/L

hLjgsf] dxfg anLj]bLdf n’sfdf/L v]Nb} xL/f aGb} sf]Onf sf]Onfsf] vfgLdf lj:tf/}

6nSs 6Ns]/ ;a}sf] cfFvfdf rsfrf}Fw kfb}{

kl/jt{gsf] afxs, k|hftGqsf] /Ifs ag]/

kftfndf l6dl6dfof] d]/f] cfFugsf] dvdnLsf] dfnf nfP/

clk|msf , cd]l/sf / Pl;ofdf gftf 5/]/ / pdf/]/

kftfndf gfux¿sf] , sfnL gfu sfnL bxdf

kmF’sf/ eb}{ hLjgnfO{ cfzfsf] uf]/]6f]df xfn]/

gofF Oltxf; agfpFb}5 kftfnsf] sf]Onf xL/f

hLjg l5gl5gdf aGbf]/x]5 ;+3if{sf] ufyfdf

;+3if{ slxn] kfgL dfU5, slxn] cfuf] dfU5

Slxn] /ut dfU5 / slxn] kl;gf dfU5

h] dfU5, tTsfn lbg’kb{5 gq To;n] ljgfz ub{5

7Ls 5, — hLjgsf] Pp6f lgod x’G5

Tof] rln/xG5 cfˆg} u’?Tjfsif{0fleqsf] cfsif{0f—ljsif{0fdf

hLjg rln/xG5 rln/xG5 . cgj/t . cgj/t .

गीत

February 4, 2009 by admin  
Filed under 1. Poetry, 7. Individual, Nepali, Saurav Rijal

छाती भरी घाऊ नै घाऊ छन
तीम्रो मायाको नीशानी
सुनीदिने कोही भएनन
मेरो बीछोड़को कहानी

आफ्नो जीवन बिहान बनायौ
मेरो पारिदियौ सांझ
दुनीयालाई मैले कसरी भन्ने
तीम्रो भईन म आज

भाग्य भनेको लेखीएरै
आउदो रहेछ हातमा
खुसी भएर बाँच्नु तिमीले
पराई को न्यानो साथमा

By:- Saurav Rijal

THINLEY ALIVE WITH CARAVAN

January 29, 2009 by admin  
Filed under 1. Poetry, 7. Individual, English, Krisu Chhetri

THINLEY ALIVE WITH CARAVAN

- Krisu Chhetri

Freezing cold

Judgement falls like snow

From the eaves of roofs

Heart shivers with cold

Thinley becomes salt

And stands on the caravan of salt,

Thinley barters pain with salt,

Thinley looses himself

In the quest of a hero

Who’d change the fate of a nation,

Who’d bring rejuvenation.

A vulture ululates sitting on rooftop

Eagles sing of sensation over monasteries

On the snowy path

On the journey to snow

Thinley stands on the caravan of Yak

A yeti incarnate,

He barters old age with travellers,

Thinley gets lost

In his own search of a hero

Who’d rejuvenate the nation.

A dark sky

An illusion of hope

To meet and exchange love

With trees.

Thinley draws contours of pain

On his face

Dances all night

With death

On his son’s demise.

Though weak and thin

And aging before time,

He stands on the caravan of courage;

An industrious person,

Thinley shares happiness with neighbours

And looses himself

In the quest of a hero

Of regeneration

And hope for the nation.

He’s a travaller,

Happiness slashed by lightning

A widowed young daughter-in-law

Meets her paramour all night

In the hazy moonlight

Thinley looks ceaselessly

At the bright future of Dolpa

Dolpa’s future looks vacantly in silence

Perhaps Thinley has seen death closely

In the avalanche

In the painful death of his own yaks

Thinley lives on with the caravan

As Krishna reciting the Geeta of Karma

Wrestling with death

Thinley saves himself

In the quest of a hero

Who’d change the fate of a nation,

Who’d bring rejuvenation.

बोलुं बोलुं लागेको छ

January 14, 2009 by admin  
Filed under 1. Poetry, 7. Individual, Nepali

      बोलुं बोलुं लागेको छ
 
 
                            नगेन्द्र ईङनाम “आठराईली”
 
 

मौसमका उधौली र उभौलीहरूसंगै
उकाली र ओराली गरी रहने यो मन
तिमीले निर्धक्क भएर
सबै सामु सत्य सत्य बोलेको देख्दा
मेरा पनि मनका कुरा खोलुं खोलुं लाग्छ
तिमीले बोलेजस्तै मीठो बोलि
मलाई पनि बोलुं बोलुं लागेको छ
 

सोए ढोले सोए अर्को ढोले खोए भन्दै
ढोलकेहरुसंग हातमा झ्याम्टा लिएर
तिमीले चण्डि नाच नाचेको देख्दा
तिम्रो अघि पछि, अघि पछि हुंदै
जानि नजानि नाच्न मन लागेको छ
तिमीलाई नै सुम्पि दिनलाइ भनेर
रंगिन फूलका थुंगा़हरू बटुलेर
शुन्दर माला गांसुं गासुं लागेको छ
कतै भुलिन्छ कि तिम्रो चेहरा भनेर
आंखाभित्रै तिमीलाई साचुं साचुं लागेको छ
 

तिम्रा र मेरा साथिहरूले भोगेको जस्तै
भ्यालेन्टाईन्स डेसम्म पर्खन नपरोस भनेर
आजै मनका कुरा खोलुं खोलुं लागेको छ
तिमी पर पर भाग्दै भाग्दै गएपनि
तिम्रो छेवैमा आएर
आजै तिमीसंग बोलुं बोलुं लागेको छ

सम्पर्क

January 6, 2009 by admin  
Filed under 1. Poetry, 7. Individual, Bikram Subba, Nepali

सम्पर्क

- विक्रम सुब्बा

धेरै भयो शहरमा…
चप्पल जुत्ता पहिरेर मात्र हिँडेको
र पाइतालाको धर्तीसँग सोझो सम्पर्क टुटेको
गाडी चढेर मात्र यात्रा गरेको
र बाटोसँग खुट्टाको सोझो सम्पर्क टुटेको
पाइपबाट आएको पानी खाएको
र धाराको सङलो पानीसँग
प्यासीको सोझो सम्पर्क टुटेको
धेरै भयो शहरमा…

धेरै भयो शहरमा…
प्लाष्टिकको फुलले बैठक कोठा सजाएको
र जिउँदो फुलका धडकनसँग सोझो सम्पर्क टुटेको
नाकमा मास्क ओढेर हिँड्न थालेको
र वतासको जवानीसित प्राणको सोझो सम्पर्क टुटेको
विदेशी गीत घरघरमा घुसेर बज्न थालेको
र मारुनीसँग पुर्सुन्नेको सोझो सम्पर्क छुटेको
गितारको झ्याङझ्याङ झुङझुङमा हल्लिएको
र मादलसँग सोरठी भाकाको सोझो सम्पर्क टुटेको
काठको निर्जिव पुरानो कुर्सिमा ड्युटी बसेको
र जमिनको उर्जासँग मुलाधार चक्रको सोझो सम्पर्क टुटेको
धेरै भयो शहरमा…

धेरै भयो शहरमा…
सेमिनार-सभा र कक्टेलका हिपोक्रेट सभाहरूमा भाग लिएको
र जन्ती-मलामीका लस्करसँग सोझो सम्पर्क छुटेको
फोन र मोबाइलबाट दुनिया संजाल बढाएको
र हितैसी छातीको न्यानो अँगालोसँग सोझो सम्पर्क टुटेको
कम्पयुटर हस्ते डिजिटल विश्वासका ई-मेलहरू पठाएको
र हत्केलाहरूसँग प्रेमपत्रको सोझो सम्पर्क टुटेको
बाबुले छोरालाई र छोराले आमालाई कचहरीमा नंग्याएको
र हृदयहरू जोड्ने रक्तनसाका हार्दिक जुइनाहरू टुटेको
धेरै भयो शहरमा…

धेरै भयो शहरमा…
सिरिफ यायावरझैँ बाँचेको
जुलुसमा सँगै हिँड्ने सहकर्मीसँग पनि
मनका नाराहरू भिन्नाभिन्नै छन्
चिया पसलमा भेटिने छिमेकीको पनि
भित्री मनका तरंगहरू आ-आफ्नै छन्
भट्टीका ग्लास-फ्रेण्डहरूसँग पनि
दोस्तीका कलेजाहरू हात मिलाउँदैनन्
पार्टीमा भेट हुने दाजु-भाइका पनि
हेराहेर गर्ने आँखा पाकेर रातापिरा भएका छन्
मास्टर-बेडको कठघरामा
लोग्ने स्वास्नीको नियमित भेट त हुन्छ
तर ढुकढुकीको इजलासमा प्रितीको वहस चल्दैन
ऊफ ! यी आपसमा मन पटक्कै नमिले पनि
सँगै टाँस्सिएर बसेका घरैघरहरूको बेढंगे शहरमा
न मैत्रीका किटाणु नाशक किरण उदाउँदाछन्
न करुणाका कोपिलाहरू मुस्कुराउँदाछन्
न मुदिताको सुगन्ध वातावरणमा मिसाउँदाछन्
तथापी, धेरै भयो यो खण्डहर-शाहरमा….
यमराजको निरंकुश जुँगा विरुद्ध पनि
विक्रम सुब्बाले कविता लेखिरहेको
धेरै भयो यो शहरमा… धेरै भयो…

THE SONG OF BIRDS

January 5, 2009 by admin  
Filed under 1. Poetry, 7. Individual, English, Krisu Chhetri

THE SONG OF BIRDS

- Krisu Chhetri

A bird always sings the song of light

the song of dawn

against the dark, deep and desolate night

The moon fights against the darkness

the glowworm fights too

While fighting against the night

the stars die out one by one

when the light is still far away

even after the moon and glowworms and stars have died all

the bird sings the song of freedom chirping

it ever sings the songs of light

The bird loves a free, boundless forest

more than a cage of gold

there is no God greater than freedom

for a bird

The bird ever sings against the cage

flapping its wings

ever erecting its comb

it sings against all bondage

the bird ever sings the songs of freedom

The bird feeds itself

The bird weaves the shelter itself

It does everything for its own sake

The bird ever sings the song of karma and novel creation

obstructions may come on the way, however ….

I too wish to fight against the darkness

would like to bang against the bondage

would like to be all free

in the likeness of the bird

would like to sing the song of awareness

truly

I would like to sing the song of bird.

Next Page »